दफा ५०
धितोपत्र बजारले दस्तुर बुझाउनु पर्ने
(१) धितोपत्र बजारमा हुने धितोपत्रको खरिद, बिक्री, विनिमय बापत तोकिए बमोजिम लाग्ने धितोपत्र कारोबार दस्तुर उठाई धितोपत्र बजारले बोर्डलाई बुझाउनु पर्नेछ । तर त्यस्तो दस्तुर कुल धितोपत्र कारोबार रकमको ०.०३ प्रतिशतभन्दा बढी हुने छैन । (२) धितोपत्र बजारले प्रत्येक महिनाको मसान्तभित्र अघिल्लो महिनामा प्राप्त भएको उपदफा (१) बमोजिम तोकिएको दस्तुर बापतको रकम बोर्डमा बुझाउनु पर्नेछ । यस दफाको पालना नगर्ने धितोपत्र बजारले यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ । (३) उपदफा (२) मा तोकिएको म्यादभित्र धितोपत्र कारोबार दस्तुर बोर्ड समक्ष दाखिल नगर्ने धितोपत्र बजारसँग बोर्डले सयकडा दश प्रतिशतका दरले हुन आउने ब्याज समेत जोडी धितोपत्र कारोबार दस्तुर बापत लिनु पर्ने रकम असुल उपर गर्नेछ ।